धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू)

फिचर

काठमाडौँ । शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चोकमा पहिरो गएको छ ।
पहिरोमा कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा हिजो देखि विद्युत आपूर्ति बन्द भएको छ । शुक्रबार ३:३० बजेतिर पहिरो गएको स्थानीयले बताए ।
वडाले पार्क निर्माण गरेको सो लाम्पाखामा कमसल निर्माण काम गरिएको कारण पहिरो आएको स्थानीय बताए । कुनै पनि मानवीय क्षति नभएको सो पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट