पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम संयुक्त राष्ट्र संघको सम्मेलन सम्पन्न,नेपालको जलवायु परिवर्तन मुख्य एजेण्डा


काठमाडौँ । मानवअधिकार र दिगो विकास लक्ष्य (Sustainable Development Goals) सम्बन्धी छलफल, आदान–प्रदान र समाधान खोज्ने उद्देश्यका साथ पाँचौँ संस्करणको पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम हालै थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्र संघको ESCAP हलमा सम्पन्न भएको छ।
जहाँ नेपाल देखी काठमाडौं महानगर प्रतिनिधि सँगै 25 जना सँगै ६२ देशहरूबाट ३५० भन्दा बढी प्रतिनिधिहरू सहभागी. भएका थिय यसपटकको फोरममा जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैंगिक समानता, शिक्षा–नवप्रवर्तन, मानव अधिकार प्रवर्द्धन र वैश्विक साझेदारीलाई मुख्य एजेन्डा बनाइएको थियो।
यसपटकको फोरममा विश्वभरका युवा, नीति–निर्माता, राजदूत, मानवअधिकार कार्यकर्ता तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।यस सम्मेलनमा युवाहरूले सामना गरिरहेका चुनौतीहरू शान्ति र मानवअधिकार, लैङ्गिक समानता, वातावरणीय संकट, जलवायु परिवर्तन, सामाजिक समावेशीकरण, तथा दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयन जस्ता महत्वपूर्ण विषयहरूलाई केन्द्रमा राखी छलफल गरिएको थियो।
सस्टेनेबल डेभलपमेन्ट काउन्सिल द्वारा आयोजित र संयुक्त राष्ट्र संघका निकायहरू, सरकारका प्रतिनिधिहरू तथा नागरिक समाजका अगुवाहरूको सहयोगमा सम्पन्न यो कार्यक्रमले युवा नेतृत्वमा आधारित विश्वव्यापी अभियानमा नयाँ उचाइ थप्यो।एशिया, अफ्रिका, युरोप, अमेरिका र प्यासिफिक क्षेत्रका आवाजहरू एकत्रित भई जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैङ्गिक समानता, र समावेशी शासनजस्ता महत्वपूर्ण विषयहरूमा विचार आदानप्रदान गरियो।
२०१७ मा काठमाडौं, नेपालबाट सुरु भएको अन्तर्राष्ट्रिय युवा फोरम राहुल के सि ले सञ्चालक गरेँको यस सस्था ले विश्वव्यापी युवा नेतृत्वको मञ्च बन्न सफल भएको वर्षको बिभिन्न देशका राजदुतको भानाइ छ सह–संस्थापक राहुल के.सी. ले भने, “काठमाडौंमा सपना देखिएको यो मञ्च आज संयुक्त राष्ट्र संघसम्म पुगेको छ। यो केवल सम्मेलन मात्र होइन, अभियान हो जसको प्रभाव बैंककभन्दा टाढासम्म फैलिनेछ।”