`

उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यबद्धता

Nepal One HD १० भदौ २०८२ १४:५२
फिचर

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माइतीघरमण्डला पुगेका छन् ।

मंगलबार भट्टराईले उखु किसानले आन्दोलन गर्दै आएको माइतीघरमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।

बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *