प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता

अर्थ समाचार

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।
उनीहरूबीच आइतबार थियानजिनमा भेटवार्ता भएको हो। भेटको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन्।
भेटबारे मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’
यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट