`

२ सय बोरा अनुदानको मल लुकाउने व्यापारी पक्राउ

Nepal One HD १८ भदौ २०८२ १३:३२
समाचार

काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् ।

अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा उनी उदयपुरबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । चौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत भदौ १२ गते २ सय बोरा युरिया मल बरामद भएको थियो। किसानलाई उपलब्ध गराउन ल्याइएको युरिया मल लुकाएर राखेको फेला पारेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएको थियो।

छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धानका लागि व्यवसायी चौधरीलाई नियन्त्रणमा लिईएको हो ।

बरामद भएको युरिया मल नगरपालिकाले वडाहरूमार्फत किसानलाई वितरण गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *