`

वामदेव गौतम भन्छन् – सामाजिक सन्जाल बन्द गर्नु गलत हो, धेरै दिन टिक्दैन्

Nepal One HD २३ भदौ २०८२ १५:२९
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले सरकारले सामाजिक सन्जाल बन्द गरेर गलत गरेको बताएका छन् ।नेपाल न्यूज बैकसँगको विशेष कुराकानीमा गौतमले आम नागरिकहरुका लागि सामाजिक संजाल अपरिहार्य अधिकार भएकाले बन्द गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन । यो जनताको अर्थात खासगरी युवाहरूको अपरिहार्य अधिकार हो । अधिकार नभइ युवा अगाडि बढ्न सक्दैन् । उनीहरुलाई अधिकार दिनैपर्छ । सामाजिक सञ्जाल तुरुन्तै खोल्नुपर्छ,’ गौतमले अगाडि भने,‘यसलाई परिष्कृत कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस हुनुपर्छ र यसलाई व्यवसिथ्त गर्नुपर्छ । जथाभावी बोल्ने र प्रयोग गर्नेलाई नियन्त्रण गर्नुपर्छ । तर सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन पाइँदैन । यो नेपालको संविधानको विरुद्धको काम हो ’ ।

त्यस्तै उनले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने र युवाहरुलाई त्यसबाट विमुख बनाउने काम सरकारले ठीक नगरेकोप्रति आक्रोश व्यक्त गरे । । उनले सामाजिक संजाललाई चाँडो भन्दा चाँडो जस्ताको तस्तै गराउने प्रयास गर्नुपर्ने औंल्याए ।

‘सामाजिक सञ्जाल सञ्चालन गरिरहेका र प्रयोग गरेर आफ्ना अभिव्यक्तिहरु नेपाल राष्ट्रको पक्षमा वा संसारभरका पक्षमा अभिव्यक्त गरिरहेका छन् । त्यसैले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने र युवाहरुलाई त्यसबाट विमुख बनाउने काम सरकारको ठीक काम होइन, गलत छ । त्यति भनिरहँदा प्रयोगकर्ताहरुले पनि जथाभावी गर्न पाउँदैनन्,’ उनले भने ।

त्यस्तै उनले सरकारले सामाजिक सन्जालमा लगाएको प्रतिबन्ध धेरै समय नटिक्ने बताए । उनले सरकारले जे गरेको छ त्यो बेठिक गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *