राष्ट्रपति कार्यालयमा पनि लगाइयो आगो

बिशेष

काठमाडौं । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् । जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् । यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
आन्दोलनकारीहरुले राष्ट्रपति भवन शीतल निवास कब्जामा लिएका छन् । उनीहरुले शीतल निवासममा आगो लगाउनु शुरु गरेका हुन् । सिंहदरबारभित्र अधिकांश मन्त्रालयमा आगो लगाइएको छ । त्यहाँ रहेका सवारी साधनहरु पनि ध्वस्त भएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया