`

दमक भ्यूटावरमा पनि लगाइयो आगो

Nepal One HD २४ भदौ २०८२ १७:४०
प्रमुख खबर

काठमाडौं । झापाको दमकस्थित दमक भ्यूटावरमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् । देशभर प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले मंगलबार भ्यु टावरमा आगजनी गरेका हुन् । काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *