`

पूर्व प्रधानमन्त्री खनालकी श्रीमती चित्रकारको जलेर मृत्यु

Nepal One HD २४ भदौ २०८२ १८:४९
प्रमुख खबर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ ।

प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको पार्टी नेतृ दिलु पन्तले जानकारी दिए ।

घटनापछि गम्भीर घाइते  भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु गरिएको र थप उपचारका लागि कीर्तिपुर लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *