पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान


काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।
महासंघले सवै पक्षलाई प्रेस तथा अभिव्यक्तिm स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दै देशै भरिका पत्रकारहरुलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दै शान्तिपूर्ण वार्तामार्फत सम्बन्धित पक्षसँग अपिल गरेको छ ।
अपिल
‘युवा पुस्ता जेन्जीको आन्दोलन र त्यसमा सरकारले गरेको क्रूर दमनको परिस्थितिमा पनि रिपोर्टिङ गरिरहेका पत्रकार माथी भएको गोली प्रहार, कुटपिट र अभद्र व्यवहारले पत्रकारहरुको सुरक्षामै प्रश्न उठेकोमा नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ ।
पछिल्लो आन्दोलनका क्रममा कार्यस्थलमा पत्रकारहरुले गभ्भिर चुनौति भोगेका छन् । हिजो ४ जना पत्रकार गोली लागेर घाइते भएका छन् भने आज कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा आगजनी भएको छ । त्यसैगरी बुटवलमा रहेको रेडियो जागरमा तोडफोड गरिएको छ ।
जेनजीको सोमबारको आन्दोलनमा सरकारले चरम बल प्रयोग गरेपछि भड्किएको आन्दलोलन आज मंगलबार पनि जारी रहेको छ आन्दोलनकारीले संघीय संसद भवन, सिंहदरबा, सार्वजनिक सम्पत्ति, राजनीतिक दल तथा नेतको घरमा समेत आगजनी गरेका छन् ।
महासंघ आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निमार्णका लागि आव्हान गर्दछ । हामी सवै पक्षलाई प्रेस तथा अभिव्यक्तिm स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दछौं र देशै भरिका पत्रकारहरुलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दै शान्तिपूर्ण वर्ता मार्फत सम्बन्धि पक्षसँग अपिल गर्दछौ।’