`

महिला र बालिकाका अधिकारमा साझा प्रतिबद्धताः २०३० सम्मको लक्ष्य

Nepal One HD ४ असोज २०८२ १६:३९
विश्व

विगत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् । यी प्रतिबद्धताहरू सन् २०३० सम्म महिलाहरूको जीवनमा सुधार ल्याउन र समानताको लक्ष्य पुरा गर्न बनाइएका हुन् ।

संयुक्त राष्ट्र महिलाले शुक्रबार ‘बीजिङं३० प्राथमिकता कार्यसूची ड्यासबोर्ड’ सार्वजनिक गरेको छ । यो डिजिटल प्लेटफर्मले विभिन्न देशहरूले लिङ्ग समानताका लागि गरेका स्वेच्छिक प्रतिबद्धताहरूलाई एक ठाउँमा देखाउने काम गर्छ ।

यसले विश्वभरिका प्रतिबद्धताहरू कहाँसम्म पुगेका छन् भन्ने कुराको पनि जानकारी दिन्छ र जवाफदेहिता कायम गर्न सहयोग गर्छ ।

संयुक्त राष्ट्र महासभाको ८०औं अधिवेशनको उच्चस्तरीय सत्रको अगाडि विश्वले लिङ्ग समानता शान्ति, न्याय र मानवअधिकारको आधारशिला हो फेरि एक पटक पुष्टि गरेको छ ।

संयुक्त राष्ट्र महिलाका कार्यकारी निर्देशक सिमा बहौसले भने,“महिला र बालिकाका अधिकारको पक्षमा देखाइएको यो सक्रिय प्रतिबद्धताले लिङ्ग समानता विश्वलाई एकतामा बाँध्ने एक बलियो शक्ति हो र बहुपक्षवाद यसलाई साकार पार्न कटिबद्ध रहेको देखाउँछ ।”

दर्ता गरिएका प्रतिबद्धतामध्ये लगभग एक तिहाइले महिला र बालिकामाथि हुने हिंसा रोक्न जोड दिएको छ । यसका साथै ४६ देशहरूले अन्तर्राष्ट्रिय सम्झौता र ‘दिगो विकास लक्ष्य’ लाई आफ्नो नीति र कार्यक्रमहरूमा समावेश गरेका छन् ।

अन्य प्रतिबद्धताहरूमा सामाजिक भेदभाव हटाउने, लिङ्ग समानताका लागि आवश्यक बजेट वृद्धि गर्ने, तथ्यांक सङ्कलन गर्ने, जवाफदेहिता कायम गर्ने र महिला अधिकारकर्मी तथा संघ–संगठनहरूसँग सहकार्य गर्ने विषयहरू समेटिएका छन् ।

सेप्टेम्बर २२ मा उच्चस्तरीय बैठक आयोजना गरिनेछ । यो बैठकले ३० वर्षअघि भएको चौथो विश्व महिला सम्मेलनको सम्झनामा विश्वका नेताहरूलाई भेला पारेर उनीहरूलाई आफ्नो प्रतिबद्धताहरू पुरा गर्न जोड दिनेछ ।

यस डिजिटल ड्यासबोर्डले देशहरूको प्रतिबद्धता अनुगमन गर्न, पारदर्शिता कायम गर्न र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *