सरकार ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ, मान्यता पाउँदैन : शंकर पोखरेल


काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दलहरुलाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तै चुनाव गर्न खोजेको आरोप लगाएका छन् । ‘जबरजस्ती गरिने चुनाव असोज १८ पछि पूर्व राजाले गरेको नाटक जस्तै हुन्छ’ उनले भक्तपुरमा आज (बिहीबार) आयोजित एमालेको कार्यक्रममा उनले भने,’ जबसम्म राजनीतिक वातावरण बन्दैन तबसम्म चुनाव भयो भयो त्यसले मान्यता पाउँदैन ।’
उनले चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातवरण बनाउनु पर्ने बताएका छन् । ‘प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा नलिँदासम्म चुनाव हुन सक्दैन’ उनले भने,’ चुनावका लागि सुरक्षा निकायको मनोबल उठाउनु पर्छ अनि दलहरु दलहरुको विश्वास जित्नुपर्छ ।’ उनले भूमिगत गिरोहलाई ल्याउन राजनीतिक दललाई साइड लगाएर ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ । ‘यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्र हो’ उनले भने ।
‘केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएको जस्तो कुप्रचार गरियो’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् । उनले षड्यन्त्रकारीहरूको षड्यन्त्रले सरकारबाट बाहिरिन परे पनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने जिकिर गरे । उनले भने, ‘सरकारबाट हामी हट्नु पर्यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौं । हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौं । जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’
उनले जनताको बीचमा गएर संविधानवादको युगतर्फ देशलाई फर्काउने बताए । उनले २३ गतेको घटनामा पार्टी अध्यक्ष केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएको जस्तो कुप्रचार गरिरहेको टिप्पणी गरेका छन् ।