केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध : महेश बस्नेत
नेकपा एमाले
दाङ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध भएको बताएका छन् । दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विदेशी योजनामा एमालेका केही नेताले नै ओलीको विकल्प खोजेर राजनीतिक अपराध गर्न खोजेको दाबी गरेका छन् ।
‘अहिले पार्टीभित्रबाटै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिँदै छ । यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो । हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइ दिन्छौँ’, बस्नेतले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
