`

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने कांग्रेसका युवा छुटे

Nepal One HD ८ मंसिर २०८२ १२:४२
प्रमुख खबर

मोरङ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा रिहा भएका छन् । आइतबार बिहान विराटनगर विमानस्थल सडक नजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले अर्पित कुँवर र संजोग गौतमलाई नियन्त्रणमा लिएको थियो । उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन् । डीएसपी कोपिला चुडालले भनिन्, ‘हिजै छाडिसक्यौँ साना बाबुहरूलाई राखेर के गर्नु ?’

बस्नेत इटहरीमा भएको पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमास्थलबाट गाडीमा बाहिरिँदै गर्दा आक्रमणको प्रयास भएको थियो । ती दुवै युवा भने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको पनि खुलेको छ । लोला प्रहार गर्ने युवा गौतम महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई समिति सभापति हुन् भने कुँवर पनि कांग्रेस निकट विद्यार्थी संघमा आबद्ध रहेको बताइएको छ । उनीहरु नेविसंघको नेता भएको खुलेपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले फेसबुकबाटै कारबाहीको चेतावनी समेत दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *