धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
राजनीति
काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुखसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।
उच्च अदालत पाटनको आदेशमा नेता महराले २० लाख नगद धरौटी बुझाएका छन् । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाइसकेका महरा ३० नम्बर फाँटमा तारिख लिएर छुट्न लागेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
नक्कली भेप सुन प्रकरणमा दोस्रोपटक पक्राउ परेका महरा काठमाडौं जिल्ला अदालतको पुर्पक्षमा पठाउने आदेशबाट थुनामा थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
