`

अछामका अर्का नेताले पनि छाडे एमाले

Nepal One HD १२ मंसिर २०८२ ११:३३
प्रमुख खबर

कैलाली । नेकपा एमाले अछामका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य भरत साउद नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपाका नेता भीमबहादुर रावलले उनलाई स्वागत गरेका हुन् । साउद २०५० देखि २०५४ सम्म उपसचिव तथा त्यसपछि दुई पटक जिल्ला सचिव (प्रमुख) रहेका थिए । उनी अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका थिए ।

यसैबीच, आज धनगढीमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *