एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र {तस्वीरहरू}
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारहरूको प्रचार सामग्रीले कुरूप बनेको छ । भृकुटीमण्डप क्षेत्रको सडकमा यत्रतत्र उम्मेदवारका प्रचार सामग्री छरिएका छन् । जसका कारण सो क्षेत्रको सौन्दर्य नै हराएको छ । उम्मेदवारको पक्षमा भोट माग्न पर्चा, पम्पप्लेट तयार गरिएको छ भने सोही सामग्री जथाभाबी फाल्दा फोहोर बनेको हो । सोही फोहोरलाई बुधवार बिहान काठमाडौँ महानगरको ब्रुमरले सफा गरेको छ । एमालेको महाधिवेशन अन्तर्गत बुधवार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ ।
हेर्नुस् तस्वीरहरु


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
