एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असभ्यता देखाएको टिप्पणी गरेका थिए । उम्मेदवारी दर्ताका क्रममा एमाले र रास्वपाबीच दमकमा झडपको अवस्था समेत सिर्जना भएको थियो । ओलीले त्यसप्रति टिप्पणी गरेका हुन् ।
‘उम्मेदवारी दर्ता गर्न आउने क्रममा हामीलाई रोक्न खोजियो, त्यहाँ रास्वपाले असभ्यता देखाए,’ अध्यक्ष ओलीले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भने, ‘एमालेलाई रोक्न खोज्दा महँगो पर्ला !’ झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
