`

कुलमान घिसिङको उम्मेदवारी काठमाडौं– ३ मा दर्ता

Nepal One HD ६ माघ २०८२ १५:१६
निर्वाचन विषेश

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं– ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय गएर उनले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भाँडिएपछि उनी आफ्नै दलबाट उम्मेदवार बनेका हुन् । उनी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक छँदा नेपालमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य भएको थियो । त्यही भएर उनलाई लोडसेडिङ अन्त्यको जस जाने गरेको छ ।

उनी दुई कार्यकाल प्राधिकरणको कार्यकारी निर्देशक भए । दुवैपटक उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाए । पदमै रहँदा लोडसेडिङ अन्त्य गरेको भनेर उनी ‘सेलिब्रेटी’ कर्मचारी बने ।

पछिल्लोपटक उनलाई कार्यकारी निर्देशकबाट ओलीले हटाएपछि उनले उज्यालो नेपाल अभियान चलाएका थिए ।

उनै कुलमान सुशीला कार्की सरकारमा शक्तिशाली मन्त्री भए । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री भएर साढे तीन महिना काम गरे ।

उनले हालै निर्वाचन लड्नेगरी पदबाट राजीनामा दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *