रुकुम पश्चिममा जनार्दन शर्माको उम्मेदवारी, पाचौँ जितको खोजिमा
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । यो उनको गृहजिल्ला पनि हो ।
उनले लगातार २०६४, २०७०, २०७४ र २०७९ मा माओवादीबाट निर्वाचन जिते । यसपटक भने तत्कालीन माओवादीबाट अलग भएर उनी प्रलोपाबाट निर्वाचनमा होमिएका हुन् ।उनी २०६३ को पुनर्स्थापित प्रतिनिधिसभामा माओवादीबाट मनोनीत सांसद थिए ।
अर्थ, गृह, ऊर्जा र शान्तिमन्त्री भइसकेका उनी प्रलोपाका निर्वाचन जित्न सक्ने नेता हुन् । प्रलोपाकै अर्का नेता डा. बाबुराम भट्टराईले पनि गोरखा– २ मा उम्मेदवारी दिए ।
उनी पनि २०६४, २०७० र २०७४ मा त्यहाँबाट निर्वाचित भएका थिए । २०७९ मा उनले पार्टी एकता गर्ने समझदारीमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाडे ।
तर, पार्टी एकता भएन । प्रचण्ड यसपटक रुकुमपूूर्व पुुगेका छन् । यसपछि भट्टराईले गोरखा–२ मा उम्मेदवारी दिएका हुन् ।
