अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेलाई कारवाहीको दायरामा ल्याएर छाडिन्छ : ओली
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधिमा संलग्नहरू कुनै पनि हालतमा कानुनी दायराबाट उम्किन नसक्ने स्पष्ट पारेका छन् । आज (बिहीबार) झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टी (एकीकृत नेपाल कम्युनिष्ट पार्टी–माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गरे । जेनजी आन्दोलनको नाममा गरिएको आगजनी र तोडफोडप्रति गम्भीर आपत्ति जनाउँदै उनले भने,‘सधैं अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि । बरु उजुरी–निवेदनलगायतको प्रक्रिया अघि बढाउनु होला ।’
पीडित नेता पुरीले आफूले घटनासम्बन्धी सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए । बिहीबार झापाको दमक–८ स्थित पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए । पुरीलाई उनले भने, ‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि ! बरु उजुरी–निवेदन लगायतको प्रक्रिया चाहिँ अघि बढाउनु होला ।’
