जनताले विध्वंश मच्याउनेहरुलाई निर्वाचनमा पराजित गर्नु पर्दछ : देवेन्द्र दाहाल
काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आसन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक दलहरुलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गरेका छन् । शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता दाहालले देशलाई ध्वस्त बनाउनेहरुलाई मतदान गर्ने कि देश निर्माण गर्नेलाई भन्ने विषयमा नेपाली जनताले सही र सटिक विश्लेषण गरेर मतदान गर्नुपर्ने बताए ।
उनले देशमा ध्वंश मच्चाउनेहरुलाई निर्वाचनमा विजयी गराउने काम गर्न नहुने समेत बताए । नेता दाहालले भने, ‘यो निर्वाचन एउटा परीक्षा हो जनताका लागि । जसले यो देश बनाउनेलाई, निर्माण गर्नेलाई मतदान गर्ने कि अथवा यो देश ध्वंश बनाउने ? जनताले सही मूल्यांकन गर्नुपर्ने आवश्यकता छ । त्यसमा जनताले सही र सटिक निर्णय गर्नु हुनेछ भन्ने विश्वास राखेको छ ।’ नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यसको पुनःस्थापनमा जोड दिनुपरेको बताए ।
