`

अध्यक्षको कुराबाट चिन्तित र दुःखी छु : योगेश भट्टराई

Nepal One HD ९ माघ २०८२ १५:३६
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट आफू चिन्तित र दुःखी रहेको बताएका छन् । उपमहासचिव भट्टराईले ताप्लेजुङ, काभ्रेपलाञ्चोक–२ आदि क्षेत्रमा टिकट वितरणका सन्दर्भमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्नँ । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट म विचलित र निरास छैन । यत्ति भन्छु– अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन,’ उनले भनेका छन् ।

भट्टराईले ताप्लेजुङबाट टिकट पाएनन् । उनको सट्टा त्यहाँ राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाइएको छ । काभ्रे–२ मा अशोक ब्याञ्जुलाई उम्मेदवार बनाइएको छ । अन्यत्र पनि अध्यक्ष ओलीले टिकट वितरणमा एकलौटी गरेको इतर समूहको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *