`

राष्ट्रियसभामा कोशीबाट एमालेकी रोशनी मेचे निर्वाचित

Nepal One HD ११ माघ २०८२ १७:०२
निर्वाचन विषेश

मोरङ । राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ नेकपा एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् । उनले ७,१७३ मत प्राप्त गरेकी छन् । उनको प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार नमिता न्यौपाने २,२६८ मत पाइन् ।

अल्पसंख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् । २०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् ।अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *