गीतकार तथा गजलकार आर्जु गिरीको ‘नयन’को चर्चा
काठमाडौँ । लेखन विधामा निरन्तर कलम चलाई रहेका गीतकार तथा गजलकार आर्जु गिरीको ‘नयन’ गीतको भिडियो सार्वजनिक भएको छ । आर्जु गिरीको शब्द रचना रहेको गीतमा प्रविण बेडवालको स्वर रहेको छ ।
जसमा सन्दीप वस्ती र उपासना पाठकको प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कृष्णदेव रुपाखेतीले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । प्रविणको जादुमयी स्वरमा दुवै कलाकार गज्जबले भावनामा डुबेको दृश्य निकै नै लोभलाग्दो छ । भिडियोलाई फिल्मी शैलीमा उर्तान र वैँशालु उमेरका हरेक युवा युवतीले भोगेको कथालाई जस्ताको त्यस्तै देखाउन सिनेमेटोग्राफर उत्सब दाहालको पनि हात रहेको छ ।
आँफैमा एक कुशल र अनुभवी सिनेमेटोग्राफर हुन् उत्सब । कैयौँ म्यूजिक भिडियो र केही फिल्ममा काम गरिसकेका अनुभवी छायांकर उत्सब, गायक प्रविण र निर्देशक रुपाखेतीको टिमले निकै नै मेहेनत गरेको भिडियो एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।
सो अवसरमा बोल्दै गायक प्रविणले आँफुले ‘नयन’मा साँच्चिकै मेहेनत गरेको पटक पटक दोहोर्याए । त्यस्तै निर्देशक रुपाखेतीले नयनमा नयाँ कलाकार भएको भएता पनि टिमवर्क राम्रो भएका कारण र कलाकारले आँफुलाई चरित्रमा ढाल्न सफल भएकै कारण भिडियो उत्कृष्ठ बनेको बताए । गायक प्रविण स्वयमकै कम्पोज रहेको गीतको कथा गीतकार स्वयमकै हो । विकाश दाहालले सम्पादन गरेको भिडियो नेपाली गजल बहारबाट बजारमा आएको हो ।
