बाहुबली शैलीमा निर्माण गरिएको शंकर श्रेष्ठको प्रेमको जीतमा आर्यन सिग्देल र आश्विनी
काठमाडौँ । शंकर श्रेष्ठ, अविज्ञा घिमिरे र विषम आचार्यको स्वर रहेको प्रेमको जीत बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो वियोगान्त गीत प्रेमको जीतको भिडियोलाई बलिउड स्टाइलमा निर्माण गरिएको छ । अहिले बजारमा बनिरहेका भिडियोहरु भन्दा भिन्न शैली र म्यूजिक भिडियोमा पनि फिल्मी शैलीको प्रयोग गरेर बनाइएको भिडियो हेर्दा लाग्छ यो कुनै सिनेमा भन्दा कम छैन ।
अभिनेता आर्यन सिग्देललाई अहिलेसम्मकै भिन्न अवतारमा देखाइएको भिडियोमा गायक शंकर स्वयमको अभिनय देख्न सकिन्छ । भिडियोमा सुन्दरी मोडल अश्विनी शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशवराज भट्टले । भिडियोमा आश्विनी चिटिक्क देखिएकी छिन् । उनी हाँस्दा लाग्छ स्वर्गकै परि हुन् । तर बिडम्बना उनको प्रेमको जित त भयो तर उनका प्रेमी नै रहेनन् र त दुवै एकसाथ बिदा भए । वियोगान्त प्रेमको कथालाई निर्देशक भट्टले न्याय गरेका छन् । निर्देशक भट्टले अभिनेताद्धय आर्यन र शंकरका अलावा सुन्दरी मोडल आश्विनीलाई सुहाउँदो गेटअपमा उतारेका छन् ।
दृश्यहरु पनि तारिफयोग्य छन् भने भिडियो छायांकन गरिएको स्थान पनि निकै लोभलाग्दो छ । जसका सिनहरु गज्जब लाग्छन् । लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज मिक्सिगं र मासटरिगं रहेको छ । करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो
