यङ गायनेकोलोजिस्ट अवार्ड डा. बेंजु पण्डितलाई
समाचार
काठमाडौं । महिलाको स्वास्थ्य सेवा क्षेत्रमा निरन्तर समर्पण, उत्कृष्ट क्लिनिकल सेवा र व्यावसायिक नेतृत्वका लागि डा. बेंजु पण्डितलाई यस वर्षको ‘यङ गायनेकोलोजिस्ट अवार्ड’ प्रदान गरिएको छ।
यो सम्मान नेपाल सोसाइटी अफ ओब्स्टेट्रिसियन्स एण्ड गायनेकोलोजिस्ट्स (नेसाेग)ले आफ्नो राष्ट्रिय सम्मेलनको अवसरमा प्रदान गरेको हो।
डा. पण्डित महिलाको स्वास्थ्य अधिकार, सुरक्षित मातृत्व र गुणस्तरीय स्त्रीरोग सेवा प्रदान गर्न क्रियाशील छन् ।
नेसाेगले उनलाई प्रदान गरेको यो अवार्ड युवा चिकित्सकहरूका लागि प्रेरणादायी उपलब्धि भन्दै सराहना गरेको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
