`

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो

Nepal One HD ३१ वैशाख २०८३ १६:४८
जीवनशैली/स्वास्थ्य

काठमाडौं । सरकारले अध्यादेशपछि रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश तथा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी भएपछि विभिन्न प्रतिष्ठानका उपकुलपतिसहित पदाधिकारी पदमुक्त भएका थिए ।

रिक्त पदमा नियुक्तिका लागि स्वास्थ्य मन्त्री निशा मेहता को संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिमा राष्ट्रिय योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य र स्वास्थ्य सचिव डा विकास देवकोटा सदस्य रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार समितिले उपकुलपति नियुक्तिका लागि आवश्यक मापदण्ड तयार गर्ने काम अघि बढाइसकेको छ । मापदण्ड तयार भएपछि सार्वजनिक सूचना जारी गरेर आवेदन माग गरिने तयारी गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का लागि उपकुलपति सिफारिस प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *