दोलखामा पहिरोमा परेर एक वृद्ध बेपत्ता, उद्धार कार्य जारी
बिशेष
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोलामा आएको पहिरोमा परी एक वृद्ध बेपत्ता भएका छन्।
आज बिहान करिब २ः३० बजे सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै गएको पहिरोले बाख्राको गोठ बगाउँदा गोठभित्र रहेका स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन्।
पहिरोका कारण जलविद्युत् आयोजनाका कर्मचारी बस्ने घरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत विपद् मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
