`

सुनसरीमा दुई समुदायबीच भीषण झडप, प्रहरीको गोली लागेर एकको मृत्यु, २२ जना घाइते

Nepal One HD ११ साउन २०८३ ७:१०
बिशेष

सुनसरीमा दुई समुदायबीच झडप हुँदा गोली लागेर एकको मृत्यु भएको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति डिजेको आवाजलाई लिएर विवाद भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो भने ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार साउन महिनाको बोलबम यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ गइरहेका थिए। डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएपछि विवाद सुरु भएको थियो ।

विवादको स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेपनि दुवै समुदायका थप व्यक्तिहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्रीसहित आइपुगेपछि थप विवाद चर्किएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *