लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको पदस्थापन सम्पन्न, हरिप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५–आई अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्धले लायन वर्ष २०२६÷२७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । हरिप्रसाद तिवारीको अध्यक्षतामा ३० भन्दा बढी सदस्यीय नयाँ कार्यसमितिको पदस्थापन संगै वार्षिक कार्ययोजना तथा क्यालेन्डर विमोचन समेत गरिएको छ । ’लायन्सः खुसीयाली बाँडौँ’ मूल नारासहित क्लबले वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र राहत सामग्री वितरण जस्ता सेवामूलक कार्यलाई प्राथमिकता दिने लायन्सले जनाएको छ ।
यसअघि कीर्तिपुरमा वृक्षारोपण, जलनपीडित बालकलाई आर्थिक सहयोग तथा गुर्जुधारामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत २०० भन्दा बढी सर्वसाधारणलाई सेवा प्रदान गरिसकिएको क्लबले जनाएको छ ।
आगामी दिनमा बनेपाको सागामा वृक्षारोपण, नयाँ सदस्य विस्तार, रक्तदान, क्यान्सर सहयोग, न्यानो कपडा तथा दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने योजना सार्वजनिक गरिएको छ। कार्यक्रममा उपस्थित अतिथिहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै कार्ययोजना व्यावहारिक र परिणाममुखी रहेको प्रशंसा गरेका थिए ।
