`

मकवानपुर प्रशासनले भन्यो : ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेको जानकारी दिनुस्

Nepal One HD २१ साउन २०८३ २०:०५
समाचार

बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ ।

केही व्यक्तिले आवश्यकताभन्दा बढी एलपी ग्यास सञ्चय गरी कृत्रिम अभाव सिर्जना गरेको सूचनाका आधारमा प्रशासनले कानुनी कारबाही गर्न लागेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज सूचना प्रकाशन गर्दै घरायसी आवश्यकताभन्दा धेरै एलपी ग्यास सञ्चय गरी कृत्रिम अभाव सिर्जना गरेको पाइएमा आजै टाक्स फोर्सको मोबाइल नं ९७४४६३७७७७ मा फोन गर्न वा ह्वाट्स एपमा सन्देश पठाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हकहित संरक्षण मञ्च तथा ग्यास डिलर एशोसिएसनका प्रतिनिधि सम्मिलित टाक्स फोर्स गठन भई बजार आजैदेखि बजार अनुगमन गर्ने निर्णय भएको छ ।

प्रशासनले आजै सरोकारवाला निकायको बैठक बसी विभिन्न निर्णय गर्दै विधिवत् दर्ता नगरी एलपी ग्यासको खरिद बिक्री नगर्ने÷नगराउनसमेत सबैलाई सूचित गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *