कांग्रेस क्षेत्रीय प्रतिनिधि बने थानेश्वर ओझा
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीको दुहबीबाट नेविसंघका नेता थानेश्वर ओझा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
युवा पुस्ताबाट कांग्रेसको संगठनमा सक्रिय ओझाको क्षेत्रीय प्रतिनिधिमा चयनले दुहबी कांग्रेसमा युवाको उपस्थितिलाई थप बलियो बनाएको हो।
विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय रहेका ओझा नेविसंघमार्फत संगठनमा क्रियाशील छन्। क्षेत्रीय प्रतिनिधि बनेसँगै उनी कांग्रेसको माथिल्लो तहको अधिवेशन तथा नेतृत्व चयन प्रक्रियामा सहभागी हुनेछन्।
कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले पालिका, जिल्ला तथा प्रदेश तहका नेतृत्व चयनमा भूमिका खेल्छन्। यही प्रक्रियाबाट प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधिसमेत चयन हुन्छन्।
ओझाको चयनसँगै सुनसरी कांग्रेसमा युवा पुस्ताको नेतृत्व दाबी पनि चर्चामा आएको छ।
