यूएन महासभामा सम्बोधन गर्न प्रधानमन्त्री बालेन आज न्यूयोर्क जाँदै
बिशेष
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दैछन्।
उनी कतार एयरवेजको अपराह्न ४ः१५ बजेको उडानबाट न्युयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्।
न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किनेछन्। यो उनको पहिलो विदेश भ्रमण हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
