`

गल्छी-रसुवागढी सडकको पुनर्निर्माणमा बेलायतले सहयोग गर्ने, बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता

Nepal One HD ५ असोज २०८३ २०:३६
बिशेष

काठमाडौं । बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्यु नेतृत्वको प्रतिनिधिमण्डल र पूर्वाधार विकास मन्त्रालयबीच भोटेकोशी बाढीपछि भइरहेको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल भएको छ।

सोमबार मन्त्रालयमा भएको छलफलमा बाढीबाट क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल भएको हो।

छलफलका क्रममा बेलायत सरकारले उक्त सडकखण्डमा आवश्यक पर्ने बेलिब्रिज उपलब्ध गराउनुका साथै पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, नेपाल सरकारले अघि बढाइरहेको दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट महत्वपूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *