आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो भन्दै बोले संयोजक डा कोइराला
काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छना् ।
महाराजगञ्ज–चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डा कोइरालाले भने, “यो हाम्रा लागि परीक्षाको समय पनि हो, यो अधिवेशनलाई त्यसैले हामीले अत्यन्त महत्वपूर्ण रुपमा लिएका छौँ र हामी सबै मिलेर सँगै अघि बढौँ भन्ने पनि चाहेका छौँ ।”
यही असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा इतर समूहले पत्रकार सम्मेलन गरी संस्थापन पक्षीय महाधिवेशनमा सहभागी नभई कांग्रेसकै नाममा अलग्गै महाधिवेशनमा जाने बताएको हो । कांग्रेस पार्टीका पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेतासमेत सो समूहमा आबद्ध छन् ।
पार्टीको मङ्सिरमा हुने १५औँ महाधिवेशनमा आफूहरू नयाँ जोश र जाँगरका साथ जान लागेको बताउँदै संयोजक डा कोइरालाले भने, “हामी अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेका छौँ, हामी के चाहन्छौँ भने सबै साथै हिडौँ । सबै सँगै हिडौँ ।”
