`

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै, असोज २२ र २३ गते कार्यक्रम तय

Nepal One HD १२ असोज २०८३ २०:१६
राजनीति

विराटनगर। कोशी प्रदेश सरकारले यही असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको छ ।

आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को २०औँ बैठकले विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

मन्त्री शेर्पाका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको र सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिवमा पदस्थापन गरी प्रदेश योजना आयोगको कामकाज गर्ने गरी खटाउने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *