बन्दीपुरमा घरको पछाडिबाट पहिरो खस्यो, चार सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारियो
समाचार
तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूलढुङ्गामा पहिरो खस्दा एउटा घर जोखिममा परेको छ। साेमरबार साँझ भोजराज थापाको घरको पछाडिबाट पहिरो खसेपछि घर जोखिममा परेको हो । पहिरोबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सो घरमा बस्दै आएका चार जना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी डुम्रे, तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
