`

भारतको गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीको मृत्यु र ५ जना घाइते

Nepal One HD २५ पुष २०७९ ११:१५
समाचार

काठमाडौं । भारतको गुजरातबाट नेपाल आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको हो । भारतको लखनउदेखि १४ किलोमिटर नेपालतर्फ गउ उन्नाउ भन्ने ठाउँमा गए राति बस दुर्घटनाामा परेको थियो ।

तीव्र गतिमा गुडिरहेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बस दुर्घटनामा परेर टीकापुर ज्योतिनगरका ४० वर्षीय ललिल साउद र व्यवसाय क्षेत्रमा बसोबास गर्ने ४५ वर्षका चन्द्र साउदको मृत्यु भएको छ।

एक जना नेपाली महिलाको सनाखत हुन सकेको छैन । बस दुर्घटनामा ५ जना घाइते छन् ।


प्रतिक्रिया