`

ट्याक्टर दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

Nepal One HD २६ पुष २०७९ २०:०८
समाचार

दाङ – ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका वडा-१ बाँकीका ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

बाँकीबाट गोल्टाकुरीतर्फ जाँदै गरेको भे१त ४०६६ नम्बरको ट्याक्टरबाट भण्डारी खसेका थिए । उनलाई ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक भण्डारीको शव पोर्टमाटमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र ट्याक्टर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।


प्रतिक्रिया