राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेकाे राजनितिक दलहरुकाे गुनासाे

अर्घाखाँची – राष्ट्रिय एकता दिवसलाई विशेष महत्वका साथ मनाउनुपर्नेमा राज्यले उपेक्षा गरेकाे अर्घाखाँचीमा क्रियाशिल राजनीतिक दलका नेताहरुले गुनासाे गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले आयाेजना गरेकाे एकता दिवस समाराेहमा अर्घाखाँचीमा क्रियाशिल राजनितिक दलका नेताहरुले जिल्लामा विशेष महत्वका मनाइनुपर्नेमा राज्यस्तरबाट कन्जुस्याई गरिएकाे गुनासाे गरेका हुन् ।
नेपाल बचाउने व्यक्तिलाई राज्यले सम्झिएकाे र सार्वजनिक बिदा दिएकाेमा आभार व्यक्त गर्दै दलहरुले राज्यस्तरबाट कार्यक्रम आयाेजना नगरिएकाे र एउटा पार्टीले आयाेजना गरेकाे कार्यक्रममा निमन्त्रणा गर्दागर्दै पनि सरकारी निकायकाे सहभागिता नहुनु चिन्ताकाे विषय भएकाे उल्लेख गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पशुपति पाण्डे, नेपालि कांग्रेसका नेता बिष्णु क्षत्री, नेकपा एमालेका नेता श्रीकृष्ण भुसाल, नेकपा माओवादी केन्द्रका नेता काजिमान रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसाल, राष्ट्रिय जनमाेर्चाका नेता भिमलाल आचार्य, पत्रकार महासंघका अध्यक्ष अशाेक कुमार श्रेष्ठसहितले मन्तव्य राख्दै डेडदशककाे निरन्तरतालाई क्रमभंगता गर्दै सार्वजनिक विदा दिएकाेमा नेपाल सरकारलाई धन्यवाद दिएका थिए ।कार्यक्रममा जिल्लामा रहेका सरकारि कार्यालयका प्रमुखहरु तथा जनप्रतिनिधि भने सहभाथी भएनन् ।