`

सुनसरीको बराहक्षेत्र पुगिन् राष्ट्रपति भण्डारी

Nepal One HD १ माघ २०७९ १३:२७
समाचार

काठमाडौं राष्ट्रपति विद्यादेवि भण्डारी सुनसरीको बराहक्षेत्र पुगेकी छिन् । आइबार मकर नुहाउन उनी त्यहाँ पुगेकी हुन् । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शन गर्न उनी त्यहाँ गएकी हुन् ।

उनले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी छन् । यसपछि उनका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया