`

विमान दुर्घटना रोक्नका लागि उचित पहल गरौं – माओवादी

Nepal One HD १ माघ २०७९ १५:०४
समाचार

काठमाडौँ – नेकपा ९माओवादी केन्द्र०ले कास्कीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।

उनले दुर्घटनाका घाइतेको तत्काल उद्दार गरी उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरामा दुर्घटनामा परेको हो ।


प्रतिक्रिया