पोखरा विमान दुर्घटना : भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
समाचार
काठमाडौं – पोखरामा विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ ।
विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
