`

बाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदैँ

Nepal One HD ३ माघ २०७९ ११:१९
राजनीति

हेटौडा, ३ माघ -बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदैछन् ।प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत २६ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादीका ७, नेककिपाका ३ र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन ।


प्रतिक्रिया