`

ज्वालालाई कृषि,राजेन्द्रलाई भूमि मन्त्रालयको जिम्मा

Nepal One HD ३ माघ २०७९ १२:१५
राजनीति

काठमाडौं / गत पुष १० विनाविभागीय मन्त्री नियुक्त भएका नेकपा एमालेकी पोलिटब्युरो सदस्य ज्वाला कुमारी साहलाई कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

साहले पार्टी नेतृत्वले आफूलाई कृषि मन्त्रालयको संकेत गरेको बताउनुभयो । यसैगरी अर्का विनाविभागीय मन्त्री राजेन्द्र राईलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

नयाँ पुराना सबै मन्त्रीहरू अहिले शपथ ग्रहण र जिम्मेवारी ग्रहण गर्नका लागि शीतल निवास जाने क्रम जारी छ ।


प्रतिक्रिया