`

सर्वदलीय बैठक बालुवाटारमा सुरु

Nepal One HD ३ माघ २०७९ १६:५९
राजनीति

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता रहेको  छ ।

बैठकमा प्रधानमन्त्रीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको उपस्थिति रहेको छ।


प्रतिक्रिया