`

लेखरै राख्नुस्, कांग्रेसबाट प्रस्तावित व्यक्ति राष्ट्रपति हुन्छ : महामन्त्री शर्मा

Nepal One HD ४ माघ २०७९ १७:४४
राजनीति

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै व्यक्ति छानिने दाबी गरेका छन्।

बुधबार सभामुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री  शर्माले उक्त  दाबी गरेका हुन् ।

महामन्त्री  शर्माले सात दलीय गठबन्धनको सहमतिअनुसार एमाले कोटामा परेको राष्ट्रपति पदमा कांग्रेसकै व्यक्ति छानिने ठोकुवा गरे ।उनले भने, ‘लेखरै राख्नुस्, कांग्रेसबाट प्रस्तावित व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ।’

उनले अहिलेका प्रधानमन्त्रीले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता र संसद्को शक्ति सन्तुलनको आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने आफ्नो धारणा राखेका हुन् ।

 


प्रतिक्रिया