प्रमोद खरेलले आफ्नो पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूको उपचारमा खर्च गर्ने

समाचार

काठमाडौं – गायक प्रमोद खरेलले धनकुटा महोत्सवमा भएको घटनाप्रति दुख व्यक्त गरेका छन् । खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन् । उनले घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने बताएका हुन् ।
शनिवार राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा धेरै मानिसहर घाइते भएका थिए । घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट