राष्ट्रपति भण्डारीद्वारा सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

राजनीति
काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । आज सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
उनले सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको बताइन् । उनले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको बताउदै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट